विद्यालयमा स्वागत छ
मेची अञ्चल झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ साविक तोपगाछी गाविस वोड़ा नं ७ हाल कमल गाउँपालिका वोड़ा नं ३ मा श्री शहिद धर्मभक्त मा.वि. अवस्थित छ । पूर्व पस्चिम राजमार्गको संगै जोडिएर रहेको यो विद्यालय केर्खा बजारको पूर्व तर्फ २६. ६४० अक्षांस र ८७. ७६० देशान्तर बिचमा रहेको यो विद्यालयको पूर्व-दक्षिण तर्फ ग्रामिण बस्ति उत्तर मुख्य राजमार्ग रतुवामाई वृक्षारोपण आयोजना र पश्चिम तर्फ केर्खा बजार रहेको छ। यो विद्यालयको झापाको कमल गाउपलिका र चुलाचुली गाउपलिका साथै शिवसताक्षि न. पा. को केहि वडाहरु सेवा क्षेत्र भित्र रहेकाछन्।
व्राम्हण, क्षेत्री, राई , लिम्बु, गुरुङ्ग, तमाङ्ग, कामी , दमाई , सार्की, राजवंशी , सतार लागएत मधेशी समुदायका अन्य जात – जातीहरुको समेत घना बसोबास रहेको यो क्षेत्र कमल गा. पा को मुख्य व्यापारिक केन्द्र पनि हो। पूर्व तर्फ सानो खोला उत्तर तर्फ वनजंगल र विद्यालयको उत्तर तर्फ मुख्य राजमार्ग येस्को नजिकै केर्खा बजार जस्ता आधाभुत कुराहरुको संगम रहेको यो यस क्षेत्रको एक मनोरम स्थल पनि हो। येस विद्यालयको जन्म वि. स. २०२४ सालमा हाल कमल गा. पा र मा अवस्थित महेन्द्र रत्न मा . वि को स्थापना संगै भएको पाइन्छ। महेन्द्र रत्न मा. वि लाई केन्द्र मानेर यसको वरिपरि स्थापना भएका विद्यालयहरु मद्ये यो सातौ विद्यालय रहेको पाइन्छ त्यसैले तत्कालिन समयमा महेन्द्र रत्न मा. वि केन्द्र नं ७ नामकरण भई संचालनमा आएको विद्यालयको इतिहास छ।
वि. स. २०२६ सम्म कक्षा ३, २०२८ सालमा कक्षा ५ , २०४६ सालमा नि. मा. तह सम्म संचालन भएको यस विद्यालयमा २०४७ साल देखि माद्यामिक …… तह संचालन हो। २०४८ सालमा यस विद्यालयले पहिलो पटक एस. एल. सी मा सहभागी गराएको, यस विद्यालयले २०५८ सालबाट तत्कालिन अवस्थामा उच्च मा. वि. कक्षा (११-१२ ) संम्बन्धन लिएर कक्षा संचालन गरेको र हाल यस विद्यालयमा कक्षा नर्सरी के. जी. हुदै कक्षा १२ सम्म शिक्षा तथा व्यवस्थापन विषयमा कक्षाहरु संचालन भइरहेको अवस्था छ। यस विद्यालयको एउटै मैदानमा एम. एड सम्म पठन पाठन हुने मदन आ.…. स्मृति बहुमुखी कलेज पनि स्थापित भएको हुदा कक्षा नर्सरी देखि स्नातकोत्तर तह सम्म शिक्षाको सुविधा यहा उपलब्ध रहेको छ। स्थापनाको ५० वर्ष पुगेको सुखद अवसरमा यस विद्यालयले मिति २०७५ माघ १६ गते देखि सप्ताह व्यापी स्वर्ण महोत्सव कार्यक्रम आयोजा गरिएको र यस स्वर्ण महोत्सवको अवसरबाट यस विद्यालयमा कक्षा ९ – १२ मा समेत अतिरित्त कम्प्युटर कक्षा संचालन गरिने र रोजगारमुलक प्राविधिक जन शक्ति उत्पादन गर्न, सिभिल इन्जिनीरिंङ ( civil engineering) कक्षा संचालन गर्न आवश्यक तयारी भइरहेको छ।
दुरदृष्टि (VISION)
शैक्षिक भौतिक व्येवस्थापकीय दृस्टीले नमुना बनाउदै, जीवनोउपयोगी रोजगार मुलक व्येवसायिक शिक्षा, बाल केन्द्रित वातावरण मा अंग्रेजी माध्यम बाट पठनपठान गराउदै, उत्कृष्ठ गन्तब्य विद्यालय बनाउने।
विधालयका उदेश्यहरु (OBJECTIVES)
- १. बालमैत्री वातावरणमा पठन पाठन संचालन गर्न आवश्यक भौतिक श्रोतको तयार गर्न।
- २. ई- लावेरी सहितको पुस्ताकालय , विज्ञान र कम्प्युटरको प्रयोगशालाको व्यवस्थापक गर्न।
- ३. वालमैत्री सिकाई वातावरण कायम गरी नेपाली विषय बाहेक अन्य विषयहरु तालिम प्राप्त विषय शिकक्षकहरुबाट अंग्रेजी माद्दयमा पठन पाठन गराउने।
